रुरुक्षेत्र गाउपालिका नमुना पालिका को रुपमा बिकास गर्न सबै एकजुट हुनु पर्नेमा जोड कर्मचारी सग करार कार्यसम्पादन सम्झौता

| २०८० भदौ १५ गते ०६: ०७ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क।  लुम्बिनी प्रदेसका प्रदेस सदस्य चिन्तामणि पान्डेले गुल्मी जिल्ला को बिकासका लागि तिनै तहका सरकारहरु दत्तचित्त भएर लाग्नु पर्ने बताउनु भएको छ ।

 गुल्मीको रुरुक्षेत्र गाउपालिका ले अायोजना गरेको अार्थिक बर्ष २०७९/२०८० को बार्षिक समिक्षा गोष्ठी तथा  कर्मचारी करार सम्झौता  कार्यक्रम लाई सम्बोधन गर्दै प्रदेस सदस्य पान्डेले पालिकाको बिकासका लागि हरेक ठाउमा सहजिकरण का लागि अाफु प्रतिबद्ध रहेको बताउनु भएको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दोण खत्रिले गाउपालिका ले उत्कृष्ट काम गरेको ले अनुगमन लाई तिब्र पार्न का  लागि जिल्ला समन्वय ले भुमिका खेल्ने बताउनु भयो । कार्यक्रममा  गाउपालिका का अध्यक्ष यदु ज्ञवालीले गुल्मी रुरुक्षेत्रको छुट्टै पहिचान रहेको ले यसको बिकास अाफुहरु निर्वाचित भएर अाएदेखि नै दुर्तगतिमा अगाडि बढिरहेको बताउनु भयो । 

 अध्यक्ष ज्ञवालीले रुरुक्षेत्रको पहिचान झल्कने गरि बिकासको मोडलहरु तयार गरि बिकासका कामहरु अगाडि बढेको बताउदै बेरोजगारी समस्या समधान गर्दै  युवा हरु लाई स्वदेशमा  रोजगारि  श्रृर्जना गर्नका लागि  गापालिका ले कृर्षि स्वास्थ्य शिक्षा युवा उध्वमि का लागि बजेट बिनियोजन गरेर अगाडि बढिरहेको बताउनु भयो । 

कार्यक्रममा उपाध्यक्ष मिना ज्ञवालीले रुरुक्षेत्र गायपालिकाभित्र  भएका बिकास निर्माणका कामहरु  को अनुगमन लाई तिब्रता दिने गरेको र अनुगमन नगरि बजेट भुक्तानी नदिने नीति नै स्थानीय सरकारको रहेको ले सोही अनुसार अनुगमन गरिएको बताउनु भयो कार्यक्रम  गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डेले  शुसाशन पार्दर्सिता स्थानीय सरकार को पहिलो प्राथमिकता रहेको ले सोही उदेश्य अनुसार  मुस्कान सहितको सेवा सेवाग्राहीलाई दिन कर्मचारीलाई  अाग्रह गर्नु भयो पान्डेले  रुरुक्षेत्र गाउपालिका मा  कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारी सग बार्षिक करार सम्झौतामा हस्ताक्षर गर्दै  प्रमुख प्रशासकीय अधिकृत  पान्डेले  ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबैसंग सहकार्य गर्दै रुरुक्षेत्र गाउपालिका  लाई सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री गाउपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गर्नु भएको हो ।

 पान्डेले   सेवाग्राहीमैत्री पालिकाको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि पालिका बासि  सबैले साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो । जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै पालिका को  विकास र पालिकाबासि को काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो । मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारी लाई निर्देसन दिदै पान्डेले जनमुखि काम गर्ने कर्मचारी लाई पुरस्कृत र नराम्रो गर्ने लाई डन्ड गर्ने बताउदै सबैको साथ सहयोग बाट बिकासले फड्को मार्नेमा जोड दिनु भयो  । उहाले बार्षिक समिक्षामा उठेका गुनासा अरुलाई सम्बोधन गर्दै अगाडि बढनेमा जोड समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्