क्रिश्चियन धर्म प्रचारकलाई कालोमोसो दलेर स्थानीयले बुझाए प्रहरी चौकीमा

| २०८० भदौ १९ गते १४: ४९ मा प्रकाशित

काठमाडौं। जनकपुरधाममा क्रिश्चियन धर्मको प्रचार गरिरहेका एक महिला र एक पुरुषलाई स्थानीयले कालोमोसो दलेका छन्।

बिहान आठ बजे जनकपुरको परिक्रमा रोड बल्बा टोल नजिकै जनकपुर ट्रमा सेन्टर हस्पिटल अगाडि उनीहरूलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन्।

अमित राउत नेतृत्वको ‘हिन्दू सम्राट् सेना नेपाल’ नामको हिन्दूवादी समूहको नेतृत्वमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।

‘हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले कालोमोसो दलेको र प्रहरीमा बुझाएको’ उनीहरूको आरोप छ।

अहिले दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।nepalviews.com

प्रतिक्रिया दिनुहोस्