बाँकेमा विस्फोट, द्वन्द्वकालीन माइन भएको अनुमान

| २०८० भदौ ३१ गते १४: २६ मा प्रकाशित

३१ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ।

उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान सुरक्षाकर्मीको टोलीले गरेको छ । विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ ।

आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी नारायण डाँगीले जानकारी दिए ।

विस्फोट भएको स्थानमा खिया लागेको तारको टुक्रा र चुनजस्तो धुलो मात्र फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

विस्फोटबाट मानवीय क्षति भएको छैन । तर सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए । पछि सडक डिभिजन कार्यालयको टोली त्यो खाल्डो पुरेको र अहिले दुईतर्फी नै सडक सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।स्रोत - अनलाईन खबर 

प्रतिक्रिया दिनुहोस्