गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृ'त्यु

| २०८० असोज १३ गते १८: २५ मा प्रकाशित

मदन भण्डारी लोकमार्ग सडकखण्डमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । शनिबार पानीसहित आएको हावाहुरीले सुनसरीको पटनाली जङ्गलमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको हो ।

रुख खस्दा स्कुटरको पछाडि सवार रामधुनी ६ बस्ने ६० वर्षीय मुनरलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कृष्ण भण्डारीले जानकारी दिए । को २९ प ५५०२ नम्बरको स्कुटर पकलीबाट चतरा जाँदै गरेको थियो ।

रुखको हाँगाले थिचेर टाउकोमा गम्भीर चोट लागेका चौधरीकोे उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।स्रोत - अन्नपूर्ण डट्कम 

प्रतिक्रिया दिनुहोस्