त्रिभुवन विमानस्थलमा पावर बैंक विष्फोट भएपछि खैलाबैला

| २०८० मंसिर १७ गते १४: ५४ मा प्रकाशित

काठमाडौं।त्रिभुवन विमानस्थलमा यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको छ ।

आइतबार दिउँसो १ बजेको समयमा विदेशी यात्रुको झोलामा रहेको पावर बैंक विष्फोट भएको हो । पावर बैंक विष्फोट भएपछि झोलामा आगलागी भएको थियो । एक्कासी पावर बैंक विष्फोट भएपछि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा खैलाबैला मच्चिएको थियो ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा लागेको आगोले सामान्य क्षति पुगेको थियो । आगो केही बेरमै नियन्त्रणमा लिएको र अहिले अवस्था सामान्य रहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्