प्रेमिले धाेका दिएको भन्दै यस्तो स्टाटस लेखेर संसार छोडिन, प्रिय मायालु… मलाई खेलौना सम्झिए झै…

| २०८० मंसिर १९ गते १८: ३३ मा प्रकाशित

प्रेमिले धाेका दिएको भन्दै एक किशोरीले आत्महत्या गरेकि छन।सल्यानकाे बागचौर नगरपालिका -१० भाट्भिटे घर्तिगाउ घर भई हाल छत्रेश्वरी गाउँपालिका -२ डिग्रे दिदीको घरमा बस्दै आएकि १६ बर्षिय रिता घर्ती आइतबार बिहान आफ्नो फेसबूक मार्फत आफुले याे संसार छाेडेकाे भन्दै आफ्नी दिदि र प्रेमिलाई सम्बाेधन गरेर आत्महत्या गरेकि हुन।

उनले आफ्नो प्रेमि नाम नखुलाएर सम्बाेधन गर्दै भनेकि छन- `प्रिय मायालु तिम्रो बारेमा लेख्न मन थिएन तर मनले मानेन मलाई रुवाय जसरी अरुलाई नरुवाउनु, मलाई खेलौना सम्झिए झै सबै केटिलाई खेलौना नसम्झिनु, सधैं खुशी हुनु, तिमिले त मलाई छाेडेर गयौं तर मैले भुल्न त मरेरै जानुपर्छ, त्यसैले म कहिले नफर्कने गरि गए।´ उनलेे लेखेकि छन।

उनले फेबुकमा दिदिलाई पनि लेखेकि छन- `प्रेम अन्धो हुदोरहेछ दिदी म अन्धी भय नत म बाचेर उसलाई पाउछु। नत रोयर उसले त मलाई भुल्छ। तर म भुल्नको लागि म मरेरै जानुपर्छ, म गतल हाेइन समय गलत हाे, बाबुकाे राम्रोसँग हेरचाह गर्नु , मलाई बुझिदिनु, मलाई माफ गरिदिनु दिदि भन्दै उनले भावुक स्टाटस लेखेकि छन।

उनकाे फेसबुक गतिविधि हेर्दा पनि उनी केही महिना यता प्रेमकै कारण धेरै पिडामा रहेकाे देखिन्छ। केही महिना अघि उनले फेसबुकमै `मलाई त्याे ठाउँ जान मन छ त्यहाँबाट फर्किन नमिलाेस।´ भन्ने भावुक स्टाटस पनि लेखेकि छन।गण्डकी छड्के बाट साभार 

 

भावुक स्टाटस

 

प्रतिक्रिया दिनुहोस्