गुल्मीमा एक महिना देखि हराएका वृद्ध मृत भेटिए

| २०८० पौष ७ गते २१: ३५ मा प्रकाशित

गुल्मी।गुल्मीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन । जिल्लाको रेसुङ्गा नगरपालिका ७ अर्जुन डाँडामा सोही स्थानका ६२ वर्षीय चेतमान चुँदारा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

गत मंसिर १ मा घरबाट हिंडेका चुँदाराको खोजी गरिदिन घरपरिवारले प्रहरी र स्थानीयलाई आग्रह गरेका थिए । चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्