ढुंगाले हानेर हजुरआमा र नातिनीको ह'त्या

| २०८० पौष २१ गते १८: १८ मा प्रकाशित

काठमाडौँ। म्याग्दीमा ढुंगाले हानेर हजुरआमा र नातिनीको हत्या भएको छ। मालिका गाउँपालिका– ७ बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजा र उनकी ७ वर्षीया नातिनी प्रियंकाको मृत्यु भएको म्याग्दीका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए।

आक्रमणमा परी मनीषाको घटनास्थलमा र प्रियंकाको उपचारकै क्रममा पोखरामा मृत्यु भएको हो। गर्बुजाकी छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएकी छन्। उनको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मनीषामाथि आक्रमण भएको देखेपछि बचाउन गएका प्रियंका र अमृतालाई आक्रमणकारीले दाउराको चिर्पट प्रहार गरेका प्रहरी निरीक्षक झाले बताए। घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको झाले जानकारी दिए।

घटनामा उनको संलग्नता पुष्टि भइनसकेकाले प्रहरीले पक्राउ पर्ने व्यक्तिको पहिचान खुलाएको छैन।स्रोत -  थाहाखबर

प्रतिक्रिया दिनुहोस्