तराई क्षेत्रमा कुहिरो, पहाडमा छैन हिमपात

| २०८० पौष २३ गते ०६: ४८ मा प्रकाशित

आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी सूचना अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसमः

२०८० पुस २४ गते (मङ्गलवार)

दिउँसोः  गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा  आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिक बदली देखी मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्