पिडामा मलम लगाउदै मेरो माइक्रोफाइनान्स

| २०८० माघ १५ गते २०: ३५ मा प्रकाशित

सुजन न्यौपाने ,अर्घाखाँची। पाल्पाको रम्भा गा.पा वडा नं. १ स्थित मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमीटेड शाखा कार्यालय रम्भा पाल्पाले कर्जा मिनाहा तथा सुबिधा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

शाखाले संचालन गर्दै आएको केन्द्र नं.०३ मेरो दुर्गादेबी महिला केन्द्र साठीकी सदस्य डमा कुमारी कार्कीलाइ कर्जा मिनाहा तथा सुबिधा रकम हस्तान्तरण गरेको हो । श्रीमान ज्ञान बहादुर कार्कीको बिरामी भई मृत्यु भएकोमा परिवारको पिडामा थोरै मलम लगाउन सकीयोस भन्ने उदेश्यले ग्राहक संरक्षण कोष अन्तरगत कर्जा मिनाहा तथा सुबिधा रकम रु ३००००० –अक्षेरुपी रु तिन लाख रुपैया मात्र ।) हस्तान्तरण गरेको शाखा कार्यालय रम्भा पाल्पाका शाखा प्रबन्धक सन्दीप रेग्मी ले अर्घाखाँची बुलेटिन संग कुराकाननिमा बतायका छन ।

कार्यक्रममा सदस्यलाई चेक हस्तान्तरण गर्दै रम्भा गा.पा.वडा नं. ०१ का कार्यबाहाक वडा अध्क्षय खेमानन्द अधिकारीले संस्थाले गरेको सहानिय सु–कार्यप्रती साधुभाव प्रकट गर्दै संस्थाले रम्भाबासीहरुलाई आर्थीक तथा सामाजीक कार्यमा सहयोग पु¥याएको भन्दै घन्यबाद ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्