माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोटका अध्यक्ष एमालेमा प्रवेश

| २०८० फागुन २६ गते २०: १४ मा प्रकाशित

गुल्मी । नेकपा माओवादी केन्द्रबाट मुसिकोट र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी एमालेमा प्रवेश गरेका हुन् ।

शनिवार लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको कार्यक्रममा पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल सहितका केन्द्रिय नेताले एमालेमा प्रवेश गराएका हुन् । एमालेमा प्रवेश गर्दै चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसीले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने दवाव दिन एमालेमा प्रवेश गरेको बताए ।

केन्द्रमा कम्युनिष्ट नेताहरु मिल्ने र फुट्ने प्रवृत्तिले गर्दा कार्यकर्तामा उत्साह घटदै गएकाले एकजुट हुनुपर्छ भन्ने मान्यताले यस्तो निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्