भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने गठबन्धनको बाचा

| २०८० चैत ६ गते १७: ५६ मा प्रकाशित

काठमाडौं। पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने कुरा पाँच दलीय गठबन्धनको साझा कार्यक्रम भएको बताए । उनले दोषी कसैलाई पनि नछाड्ने बताए ।   


यस्तै उनले रोजगार र सुशासन समेत प्रभावकारी ढंगले अगाडि बढाउने बताए । उनले राष्ट्रिय परिचय पत्रलाई पनि कार्य नयनमा ल्याउने बताए । 

पाँच दलीय गठबन्धनले १० जना नेताको संयन्त्र बनाएर न्यूनतम कार्यक्रम बनाएको थियो । 


फागुन २१ गतेबाट औपचारिक रूपमा पाँच दलीय गठबन्धन अगाडि बढेको छ  । भने फागुन ३० गते प्रधानमन्त्रीले विश्वासको मत लिएका  थिए ।

यस्तै सङ्घीयता निर्माण सम्बन्धी बाकी कानुन टुङ्ग्याएर जाने समेत पौडेलले बताए ।

खबरहब

प्रतिक्रिया दिनुहोस्