फेशबुक म्यासेन्जरमा देखियाे समस्या , प्रयाेगकर्ताहरू अनलाइन हुदा पनि अफलाइन....

| २०८० चैत ७ गते २१: ४५ मा प्रकाशित

केही समय यता फेसबुक , इन्स्टा लगायतका सामाजिक सञ्जालमा समस्या देखिने क्रम निरन्तर छ । एक महिना अघि मात्र करिब ४० मिनेट फेसबुक अकाउन्ट आफै बन्द भएको थियो ।

४० मिनेट सम्म फेसबुक आफै बन्द भएपछि नेपालमा मात्र नभई विश्वमा नै हलचल मच्चिएको थियो । त्यस्तै प्रयोगकर्ताहरू भने अकाउन्ट ह्याक भएको भन्ने त्रासमा रहेका थिए ।

बुधवार फेसबुककै मेसेन्जरमा समस्या देखिएको छ । प्रयोगकर्ताहरू अनमा बसे पनि आफै अफलाइन देखाइदिने समस्या देखिएको छ । यसबारे म्यासेन्जरले आधिकारिक धारणा भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्