रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष क्षेत्री सम्मानित

| २०८० चैत १८ गते २३: ३९ मा प्रकाशित

काठमाडौं ।अर्घाखाँचीका समाज सेवि एवम् रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्री सम्मानित भएका छन् ।

शनिबार काठमाडौंको होटल एभरेष्टमा आयोजित रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले संयुक्त रुपमा उनलाई सम्मान गरेका थिए ।

नेपाली पत्रकारिता क्षेत्रमा पुराएको योगदानको उच्च प्रसंशा गर्दै सम्मान गरिएको थियो ।

भव्यरूपमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायधीस हरिकृष्ण कार्की लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्