पत्रकार महासङघकाे साधारणसभा राेक्न नेपाल प्रेस युनियन काे माग

| २०८० चैत १९ गते १५: ३९ मा प्रकाशित

अर्घाखाँची। नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले पत्रकार महासंघको साधारणसभा रोक्न ध्यानाकर्षण पत्र बुझाएको छ । यही चैत ३० गतेका लागी तोकिएको जिल्ला अधिवेशन स्थगित गर्न युनियनले माग गरेको हो ।

लोकतन्त्रवादी पत्रकारहरुको अग्रणी संस्था युनियनले श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म साधारणसभा नगर्न आग्रह गरेको हो ।

युनियन जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेले मंगलवार महासंघ जिल्ला अध्यक्ष अशोक खनाललाई ज्ञापन पत्र बुझाउँदै सदस्यता टुंगो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएका छन् । सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र जिल्ला अधिवेशन गर्न आग्रह गरेका थिए ।

जवाफमा महासंघ अध्यक्ष खनालले समितिको बैठक डाकेर जानकारी गराउने बताएका छन् । मिति तोकिसकिएको अधिवेशन के गर्ने भन्ने विषय कार्यसमितिको बैठकमा छलफल गर्ने उनको भनाई थियो ।

सदस्यता यकिन नगरी अधिवेशन गर्नु उपर्युक्त नहुने निष्कर्ष सहितको पत्र युनियनले बुझाएको हो। जिल्ला अध्यक्ष घिमिरे सहित, प्रेस युनियनका केन्द्रिय सदस्य प्रेम नारायण आचार्य, जिल्ला कोषाध्यक्ष सागर महत लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्