आज यी प्रदेशमा हुनेछ वर्षा

| २०८१ बैशाख १ गते ०७: ०० मा प्रकाशित

काठमाडौं । पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, वाग्मती र मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया आंशिकदेखि सफा छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्का वर्षाको सम्भावना छ । कोसी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्