राप्रपाको जनप्रदर्शनमा अश्रुग्यास खाएर सिकिस्त भएका डाँगीको निधन

| २०८१ बैशाख ३ गते २०: ०४ मा प्रकाशित

काठमाडौं। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुरप्रसाद डाँगीको निधन भएको छ। 

गत चैत २७ गते राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा सहभागी हुँदा प्रहरीको अश्रुग्याँसबाट उनको स्वास्वप्रश्वासमा समस्या देखिएको थियो।  ​

​अश्रुग्याँसबाट सिकिस्त भएपछि उनलाई उपचारका लागि  छाउनीस्थित सैनिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा आज  बिहान ४ बजे निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

उनको शवलाई श्रद्धाञ्जलीका लागि आज मध्यान्ह १२ बजे राप्रपा कार्यालयमा चाबहिलमा राखिने प्रवक्ता श्रेष्ठको भनाइ छ। थाहा खबर 

प्रतिक्रिया दिनुहोस्