श्री बाढुङ्गा बचत तथा ऋण सहकारी सँस्था को क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

| २०८१ बैशाख १० गते २०: ३० मा प्रकाशित

रबि पोख्रेल। बाढुङ्गा बचत तथा ऋण सहकारी सँस्था ले आफ्नो स्थापना को पहिलो बर्ष नै क्यालेन्डर प्रकासन तथा  बिमोचन तथा नंया बर्षको शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुटवल स्थित जितगणि मा हेको B-One restaurant and cafe मा संचालन भएको थियो । 

 शुभकामना मन्तव्य राख्दै सँस्था का अध्यक्ष नारायण पोख्रेल सँस्थाको उज्वल भविश्य कामना गर्दै यो नयाँ बर्ष मा सँस्थाले अझै नयाँ काम र आफ्नो कर्तव्य पूरा गरोस भन्दै शुभकामना दिनुभएको थियो । 

उक्त कार्यक्रमको संचालन सस्थाका सचीव मोहन घिमिरेको गर्नुभएको भएको थियो । संचालन को क्रममा सँस्थालाइ दिगो दरिलो र बिस्वासिलो बनाउनको लागि सम्पुर्ण शेयर सदस्य हरुको उत्तिकै भुमिका रहने बताएका थिए। भने कार्यक्रम को समापन सँस्थाका उपाध्यक्ष श्री गोकुल घिमिरेले गरेका थिए । 

सँस्थाका उपाध्यक्ष ले अन्त्यमा कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पुर्ण शेयर सदस्य हरुलाइ धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस्