गुल्मीमा घाँस काट्ने क्रममा डाँडाबाट लडेर महिलाकाे मृ'त्यु

| २०८१ बैशाख २१ गते १६: २४ मा प्रकाशित

गोकर्ण पाण्डे, गुल्मी।गुल्मीमा घाँस काट्ने क्रममा डाँडाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ।

मृतयु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका(२ छापटोलाकी ४३ वर्षीय खुमकला थापा रहेको प्रहरीले जनाएको छ।

बिहीबार श्रीमानसँगै घाँस काट्न घर नजकिकैको दहडाँडा गएकी उनी लडेर घाइते भएकी थिइन्।

घाइतेभएपछि उनलाई उपचारको लागि तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको र  उपचारको क्रममा बिहीबार दिउँसो ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्