पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विष्ट भन्छन्, ‘अदालतको आदेशले सबै पत्रकारमाथि खतराको घण्टी बज्यो’

| २०८१ बैशाख २१ गते १८: ५२ मा प्रकाशित

काठमाडौं, २१ वैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरोकारवाला निकायलाई बोलाएर रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको उक्त साक्षत्कारमा अधिवक्ता स्वागत नेपाल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतको उपस्थिति रहेको थियो ।

महासंघका वरिष्ठ उपाध्यक्षविष्टले आफूले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालेको धेरै अवधि भएपनि भन्ने कुरा एकै रहेको बताए । अझैपनि पत्रकारहरुको अवस्थामा सुधार आउन नसकेको उनको ठहर छ । उनले न्यूनतम् पारिश्रमिक, श्रमको उचित मूल्य, अभ्यास र प्रेस स्वतन्त्रतालाई निर्वाध ढंगबाट उपभोग गर्ने वातावरण बनेको छ कि छैन भन्ने प्रश्नहरु २०औं वर्षदेखि उठ्दै आएको बताए ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुमा डेस्क स्थापना गरेर प्रेसको निगरानी गर्ने संरचनाको परिकल्पना गरेकोबारे उनले आपत्ति जनाए । उनले गृहमन्त्री रवि लामिछानेमा त्यो सोच विकास भएकोमा आफूलाई आश्चार्य लागेकोे बताए । पञ्चायत कालमा पनि नभएको कार्य वर्तमान सरकारका गृहमन्त्रीले गर्ने कुचेष्टा गरेको उनले बताए । उनले प्रेस स्वतन्त्राताको बारेमा उक्त घट्ना एकदमै दुःखलाग्दो रहेको बताए ।

साथै, पछिल्लो समय सिधा कुराले बाहिर ल्याएको सामग्रीमा प्रेस काउन्सिल र अदालतले हस्तक्षेप गरेको उनको भनाई छ । उनले अदालतले समाचार सामाग्री ल्याएकै भरमा फौजदारी अभियोगमा मुद्दा चलाउनुले सबै पत्रकारमाथि खतराको घण्टी बजेको अनुभूति भएको बताए । नेपालको सञ्चार क्षेत्रले अब अदालत र सरकारको हस्तक्षेपको विरोध गर्ने उनको चेतावनी छ ।

उक्त अनलाइनले सार्वजनिक गरेको सामग्री संसारका कुनैपनि ठाउँमा लगेर परीक्षण गरेपनि आफूहरुको आपत्ति नरहेको बताउँदै उनले सिंगो पत्रकारिता जगतको घाँटी निमोठ्नेगरि बनाईएको नजीर स्वीकार्य नरहेको बताए ।रिपोर्टस नेपाल बाट साभार 

प्रतिक्रिया दिनुहोस्