जुनेली सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३८ युनिट रगत संकलन

| २०८१ बैशाख २२ गते २२: २९ मा प्रकाशित

टेकराज भुसाल,बुटवल। जुनेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिवार नेवा समाजको भवनमा सम्पन्न भएको कार्यक्रममा सहकारीका सेयर सदस्य तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको रक्तदान कार्यक्रममा ३८ युनिट रगत संकलन भएको सहकारीले जानकारी दिएको छ ।

सहकारी संस्थाका अध्यक्ष मिनप्रसाद अर्यालको सभापतित्व, नेपाल स्वयंसेवी संघ रूपन्देहीका अध्यक्ष कृष्ण चौहान,  संस्थाका सल्लाहकार टिकाराम ज्ञवाली,  देवकुमार श्रेष्ठ,  रमेश बहादुर थापा , झबिन्द्र ज्ञवाली र सुनिता पराजुली लगायतको उपस्थिति रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्