गुल्मी बस दुर्घटना अपडेट: १३ जना घाइते,१ को अवस्था गम्भिर

| २०८१ जेठ ३ गते १८: ०७ मा प्रकाशित

गोकर्ण पाण्डे ,गुल्मी।गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ मा बस दुर्घटना भएकाे छ।गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ मक्वादी स्थित रिडी- तम्घास पक्की सडक खण्डमा लु १ ख ८१७५ नम्बरको बस दुर्घटनामा परेको हो । 

पोखरा देखि गुल्मीको सदरमुकाम तम्घास तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रिडिले जनाएको छ । बसमा १३ जना यात्रुहरु सवार रहेको बुझिएको छ भने घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ ।बस सडकबाट कम्तिमा ५०-६० मिटर तल खसेको प्रहरिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्