गुल्मी बस दुर्घटना अपडेट:उपचारका क्रममा एक जनाको मृ'त्यु

| २०८१ जेठ ३ गते २१: १४ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी।गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ मा भएको बस दुर्घटनामा एक जनाको मृत्‍यु भएको छ ।पोखरा देखि सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस दुर्घटना भएको छ ।

मृत्‍यु हुनेमा बसका सहचालक पाल्पाको रिब्दिकोट गाउँपालिका १ का ख्याहाका ४० वर्षका युवराज कुँवर रहेको ईलाका प्रहरी कार्यालय रिडिका प्रहरी निरिक्षक अनिल थापाले जानकारी दिनु भएकाे छ।

गम्भिर घाइते भएका सहचालक कुँवरको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस्