अर्घाखाँची बाट जाँदै गरेको एम्बुलेन्स काे ठक्करबाट एकजना महिलाको मृ'त्यु : दुईजना गम्भीर घाइते

| २०८१ जेठ ६ गते १३: ४८ मा प्रकाशित

बुटवल । बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन् भने बुटवल ११ कै ५५ वर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाइते भएका छन् ।

अर्घाखाँची बाट बिरामी लिएर बुटवल तर्फजाँदैगरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरु ३ जनालाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिँडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएपछि घाइते भएका थिए ।

घाइतेहरुको स्थानीयले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल पुर्‍याएकोमा एक जनाको बिहान ५.३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ भने एम्वुलेन्स र चालक अर्घाखाँचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्