भूमिकास्थान-२ मा जेठ १३देखि आई.पि.भि (पाेलियाे) खाेप अभियान संचालन हुने

| २०८१ जेठ ७ गते २०: ४६ मा प्रकाशित

अर्घाखाँची।  जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ मा जेठ १३ गतेदेखि आइ.पि.भी (पोलियो) खोप अभियान संचालन हुने भएको छ।

पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई जेठ १३ देखि १७ गतेसम्म खोप अभियान संचालन हुने भएको हो।

साेमबार आधारभूत स्वास्थ्य सेवा केन्द्र भूमिकास्थान-२ मा वडा खाेप समन्वय समिति, वडा भित्र रहेका सम्पूर्ण विद्यालयका प्राचार्य, पत्रकार, महिला स्वास्थ्य स्वयंमसेविका लगायतको उपस्थितमा बसेकाे बैठकले जेठ १३ गतेदेखि १७ गतेसम्म ४ वटा विद्यालय र एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप केन्द्र रहने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको  आधारभूत स्वास्थ्य सेवा केन्द्र भूमिकास्थान-२ का प्रमुख श्यामलाल चुदालीले बताउनुभयो।

विशेष गरि २०७३ बैशाख देखि २०७५ असाेजकाे बिचमा जन्मेका बच्चाहरूलाई लक्ष्यित गरि सञ्चालन हुने खाेप कार्यक्रममा जेठ १३ गते भगवती मावि काेट मैदान, जेठ १४ गते जनप्रिय आवि झाक्रिशाला, जेठ १५ गते प्रगति आवि ठाटीपिपल, जेठ १६ गते बालज्याेती आवि अम्लाचाैर र जेठ १७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र भूमिकास्थान-२ काे कार्यालय माझिगाउमा खाेप संचालन हुने प्रमुख चुदालीले जानकारी दिनुभयाे।

भूमिकास्थान-२ का वडा अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षतामा बसेकाे बैठकमा कार्यपालिका सदस्य केशरा परियार, भगवती माविका प्रअ सुरज खनाल, बालज्याेति आविका प्रअ भीमलाल बन्जाडे, प्रगति आविका प्रअ यमकला खनाल, जनप्रिय आविका शिक्षक प्रतिनिधि लक्ष्मी खनाल, भूमिकास्थान युवा संजालका संयाेजक तथा पत्रकार टेकराज भुसाल लगाएतको उपस्थिति रहेको थियो ।

नेपालबाट सन् २०२६ सम्म पोलियोरोग निर्मुल गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्