भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले गर्यो गुल्मीका बिधालयमा झोला बितरण(तस्विर सहित)

| २०८१ जेठ ८ गते १५: २४ मा प्रकाशित

गुल्मी। भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले गुल्मीका बिधालयमा विधार्थीहरुलाई झोला वितरण गरेको छ। 

मदाने गाउँपालिका ७ भनभने गुल्मीमा रहेका दिपक माध्यमिक विद्यालय, सुर्ज्याङ्ग आधारभूत बिधालय र बालबोध प्राथमिक बिधालय लगायत अन्य विधालयमा झोला वितरण गरेको छ। 

उक्त कार्यक्रममा मदाने ७ का वडा अध्यक्ष सन्तोष केसी तथा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सहित अन्य पदाधिकारीको समेत सहभागिता रहेको थियो। 

समाजको तर्फबाट  संस्थाकी प्रथम उपाध्यक्ष साबित्रा देवी पन्थी लगायत पितम्बर पन्थि, नुदराज पन्थि,कमला के सि , मिनराज पन्थि,चिन्ता मणि पन्थि सहितकाको टिम बुटवलबाट गुल्मी पुगेर विधालयमा झोला बितरण गरेको थियो। 

समाजले गुल्मीका बिभिन्न विधालयमा रहेका २३४ भन्दा बढि विधार्थीलाई झोला वितरण गरेको कार्यक्रमका संचालक चिन्ता मणि पन्थिले बताए।

गुल्मीको मदाने ७ भनभने बाट रुपन्देही आएर स्थाइ वा अस्थायी रुपमा बसोबास गर्दै आइरहेका भनभनेलीहरु द्वारा २०७३ सालमा स्थापना गरिएको यो संस्थाले स्थापना कालदेखि हालसम्म निरन्तर सामाजिक कार्यमा सकृय सहभागिता जनाउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्