दुर्गा प्रसाईंको भान्जा दाबी गर्ने चुँडाल बलात्कार आरोपमा पक्राउ

| २०८१ जेठ १० गते २२: ५१ मा प्रकाशित

काठमाडौँ । बलात्कार आरोपमा प्रहरीले काठमाडौँको सुकेधाराबाट रविरत्न चुँडाललाई पक्राउ गरेको छ । पक्राउ परेका चुँडालले आफूलाई सामाजिक संजा युट्युबमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भाञ्जा दाबी गर्दै आएका थिए । 

झापा घर भएका चुँडाललाई ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

प्रहरी वृत महाराजगञ्जमा उनीविरुद्ध बलात्कार कसुरमा जाहेरी दर्ता भएको छ । बुधबार पक्राउ परेका चुँडालले सुकेधारामा पसल संचालन गरेका छन् । उनी पसलबाट पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्