प्युठान स्वास्थ्य कार्यालयको गाडी वुटवलमा दुर्घटना

| २०८१ जेठ १४ गते १४: १७ मा प्रकाशित

बुटवल। बुटवल भैरवा सडक खण्ड अन्तर्गत कालिका नगरमा साढे १  बजेतिर ट्याक्टर र गाडी एक आपसमा ठोकिंदा दुर्घटना भएको छ। 

विपरीत दिशाबाट आईरहेको  लु २ त ८७०५ नम्बरको ट्याक्टर र प्युठानको स्वास्थ्य कार्यालयबाट बुटवलको ट्राफिक चोकबाट योगिकुटी जाँदै गरेको बा २ झ १५४४ नम्बरको गाडी एक्कासि एकआपसमा ठोकिंदा दुर्घटना भएको हो। 

दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन,तर गाडी र ट्याक्टरमा भने भौतिक क्षति पुगेको छ। 

तस्विर -नारायण ओली 

प्रतिक्रिया दिनुहोस्