गाँजाको व्यावसायिक उत्पादन गर्न कानून बनाइने

| २०८१ जेठ १५ गते १५: ४८ मा प्रकाशित

काठमाण्डौ। गाँजाको व्यावसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइने भएको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाको उत्पादन गर्न कानून बनाउने बताए।

मन्त्री पुनले बजेटको यस्तो व्यवस्था वाचन गरेपछि सांसदहरूले टेबल बजाएर स्वागत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्