अर्घाखाँचीमा घरको छतबाट खसेर ९२ वर्षिय बृद्धको दु:खद निधन

| २०७८ असोज २० गते १२: ५१ मा प्रकाशित

अनिल नेपाली ,अर्घाखाँची । अर्घाखाँचीमा घरको छत बाट खसेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैंचा मुनि बसोबास गर्ने ९२ वर्षिय खिमानन्द पौडे्ल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

आफ्नै घरको छत बाट खसेर मृत्यु भएको र अहिले पोस्टमार्टमको लागि अर्घाखाँची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।यस बारे थप अनुसन्धान समेत भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्