नेकपा एमाले वडा कमिटीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सनपा ८ मा सम्पन्न

| २०७८ असोज २३ गते १९: १२ मा प्रकाशित

अर्जुन भुसाल , अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क ८ नं. वडा कमिटीकाे आयाेजनामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

>

पार्टी स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझीकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खडका, प्रदेश कमिटी सदस्य केवि भुसाल, जिल्ला कमिटी उप-सचिव प्रेमनारायण गैरे, सचिवालय सदस्य तथा नगर सह इन्चार्ज युवराज श्रेष्ठ, सचिवालय सदस्यहरू श्रीकृष्ण भुसाल, रामबहादुर रायमाझी, भरतमणि पाैडेल,सराेज भुसाल, नारायण अर्याल, सन्धिखर्क ८ का काबा वडा अध्यक्ष देवी थापा भुसाल,राष्ट्रिय युवा संघका नेता बाबुराम भुसालले मन्तव्य राख्नुभएकाे थियाे ।

>

>

कार्यक्रम वडा कमिटी अध्यक्ष तुल्सी भुसालको अध्यक्षता, मिना खत्रीकाे स्वागत मन्तव्य र सचिव गाेकर्ण बञ्जाडेकाे सञ्चालनमा सम्पन्न भयाे । यस्तै सागर मरासिनीकाे संयाेजकत्वमा राष्ट्रिय युवा संघ सन्धिखर्क ८ गठन भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्