जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बाषिक समिक्षा कार्यक्रम शुरु

| २०७८ कार्तिक ७ गते १५: ५५ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजना मा बाषिक समिक्षा कार्यक्रम शुरु भएको छ।

संघिय प्रदेश र स्थानीय सरकार हरुले सम्प्रादित गरेका  कार्यहरुको बारेमा प्रगति विवरण प्रस्तुत गरिनु का साथै समस्या समाधान र चुनौती का बिषयमा आ आफ्नो कार्यलयका  विवरणहरु  प्रस्तुतिकरण गरिएको थियो ।

प्रतिनिधि सभाका सदस्य मान बहादुर बिक को  प्रमुख आतिथ्यता मा शुरु  कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुस्पा भुसाल , प्रदेश सभा  सदस्य हरु रामजी प्रसाद घिमिरे , निर्मला क्षेत्री ,जालपा भुसाल,जिल्ला स्थित ६ वटै  स्थानीय तहका प्रमुख उप प्रमुख ,प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे ,जिल्ला स्थित शुरक्षा निकायका प्रमुख हरु ६ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत हरु , जिल्ला स्थित सम्पुर्ण कार्यलय का कार्यलय प्रमुखहरु विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधि हरु तथा संचारकर्मी हरुको उपस्थित रहेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसाल को अध्यक्षता समन्वय अधिकारी लक्ष्मी पान्डे गौतम को स्वागत र बिनोद कुवरको संचालन मा शुरु कार्यक्रम भोलि सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्