३ दिन अघिदेखि बेपत्ता रहेका चुत्रावेसीका हिमाल भुसाल सकुशल भेटिए

| २०७८ मंसिर ३ गते १८: ०९ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क। सन्धिखर्क नगरपालिका वडा नम्बर - २ चुत्रावेसी पुरानो बसपार्क बाट २ दिन देखि बेपत्ता रहेका हिमाल भुसाल सकुशल आज भेटिएका छन।

घरपरिवार बाट सम्पर्कबिहिन भएलगत्तै निजका घरपरिवार लगायात स्थानीयहरु हिमाल भुसालको खोजि कार्यमा जुटेका थिए। बेपता रहेका हिमाल भूसालको खोजि कार्य गर्दै जाँदा आज उनि सन्धिखर्क १ को लादाम बगैँचा नजिकै रहेको क्रिस्चियन चर्चको परिसर बाट भेटिएको घरपरिवार ले जानकारी दिएका छन्। 

भुसाल २ दिन देखि कहाँ थिए भन्ने बिषयमा अझै प्रष्ट हुन् सकेको छैन। भुसाल केहि साल यता देखि सुस्त मनिस्थितिका रोगि रहेको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्