निरुता पराजुलीद्वारा आफ्नो जन्मदिनको अवसरमा श्री सिद्धेश्वर शिवालय मन्दिर चुत्रावेसीमा ४२ जना गुरुवर्ग तथा विद्यार्थीलाई भोजन व्यवस्थापन

| २०७८ मंसिर १२ गते ०४: ४५ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। जिल्लाको  सन्धिखर्क नगरपालिका १, तुमकोट जन्मघर भइ हाल स.न.पा २,रुब्दीमा बसोबास गर्दै आउनुभएका श्री यज्ञ प्रसाद पराजुलीको छोरी श्री निरुता पराजुलीले आफ्नो  जन्मदिनको अवसरमा जन्मदिनको खर्चलाई कटौती गरि श्री सिद्धेश्वर शिवालय मन्दिरमा आवाशिय रुपमा बस्नुहुने ४२ जना गुरुवर्ग तथा विद्यार्थी वटुकहरुको हिंजो साँझको  भोजन व्यवस्थापन तथा यथाशक्य वटुक दक्षिणा उपलब्ध गराईदिनु भएको छ। 

आफ्नो जन्मदिनमा केही खर्चलाई मठ- मन्दिरका गुरुवर्ग तथा विद्यार्थीहरूलाई भोजन गराइ सुख- शान्ति प्राप्ति हुन्छ भन्ने मुल्यांकन अनुसार कयौं अहिलेको पछिल्लो पिडीहरुले आफ्नो जन्मदिनमा कुनै दुखी, गरीब, पीडितलाई सहयोग गर्ने यो चलन सबैले सिक्न आवश्यक छ । सबैबाट यो कार्य गर्न जरुरत देखिन्छ । 

अर्घाखाँची बुलेटिनका संवाददाता संगको कुराकानीमा " तपाईको यो कोशोरी उमेरमा सामाजिक कार्य तिर लाग्नु पर्छ भन्ने मनाशय कहाँ बाट आयो भन्ने प्रश्न गर्दा ?  उनि बताउँछिन -  बुवा,हजुरबुबाको पाला देखि नै मन्दिरमा यसरी नै जन्मदिन, १ वर्षको तिथिमा पनि मठ- मन्दिरमा यसरी मनाउने चलन थियो । त्यहीँ चलन अनुसार नै हामी पनि त्यहीँ संस्कारमा चल्नुपर्छ । हाम्रो परम्परा, रितिरिवाजलाई  निरन्तरता दिनुपर्छ भन्ने उद्येश्यले नै यो पुन्यको काम  गरेको हो भन्ने जवाफ हामीले पाएका छौं।

प्रतिक्रिया दिनुहोस्