नेकपा माओवादी केन्द्र सन्धिखर्कको अध्यक्षमा भुसाल सर्वसम्मत

| २०७८ मंसिर १२ गते १५: १९ मा प्रकाशित

हरिप्रसाद भुसाल। 
मङ्सिर १२ - नेकपा माओवादी केन्द्र सन्धिखर्क नगर कमिटीको अध्यक्षमा राजेन्द्र भुसाल सर्वसम्मत चयन हुनुभएको छ ।

हिजो सन्धिखर्कमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले भुसालको नेतृत्वमा नयाँ कार्यससिमति सर्वसम्मत चयन गरेको हो । 

समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष क्रमश कृस्णहरी भुसाल, देब बहादुर रायमाझी ,सीता श्रीपाली, सचिब बालकृष्ण आचार्य ,सहसचिव राजेन्द्र जिसी ,कोषाध्यक्ष मोहनसिंह ठकुरी लगायत सर्वसम्मत हुनुभएको हो । 

अधिवेशनको पार्टीका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्