अर्घा मैदानका बसन्त भुसालको करेन्ट लागेर मृ'त्यु

| २०७८ मंसिर १३ गते १७: ३७ मा प्रकाशित

रमेश थापा ,अर्घा। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ अर्घा मैदान निवासी देवी बहादुर भुसाल का माइला छोरा बसन्त भुसालको करेन्ट लागेर मृ'त्यु भएको छ। 

विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत रहेका ५२ बर्षिय भुसालको हिंजो दिउँसो करिब १ बेजको समयमा  विद्युतको पोलमा चढी तार मर्मत गर्ने क्रममा एक्कासि करेन्ट लाग्दा मृ'त्यु हुन् पुगेको खबर प्राप्त भएको छ। 

भुसाल बुटवलको गोलपार्कमा बसोबास गर्दै आएका थिए। बसन्त भुसालको निधनको खबरले अर्घावासी लाई अत्यन्तै स्तब्ध बनाएको छ। 

प्रतिक्रिया दिनुहोस्