नेपाल कम्युनिस्ट पार्टी एमाले सन्धिखर्क नगर कमिटीकाे बैठक सम्पन्न

| २०७८ पौष १३ गते १९: २४ मा प्रकाशित

हिम लेकाल,अर्घाखाँची।सन्धिखर्क नगर कमिटी काे बैठक मङ्गलबार  मदन अाश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न  भएको  छ ।
 
नगर अध्यक्ष श्रीकृष्ण भुसालकाे अध्यक्षता ,सचिव कुशल भुसालकाे सन्चालनमा    सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य  तथा जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्काले नेकपा एमाले देशकाे मुल प्रभाह भएकाे बताउँदै प्रचण्ड र माधव नेपाल ले कम्युनिष्ट दर्शन सक्काएर बीसर्जन काे बाटाेमा लगेकाे बताउनु भयाे । उहाँले  केपि ओलीकाे सरकार ढालेर   बर्तमान गठबन्धनले   मुलुकलाई १० बर्ष पछाडि धकलेकाे बताउदै सबै नेता कार्यकर्तालाई उच्च मनाेवलका  साथ सकृय भएर पार्टी  काममा लाग्न आग्रह गर्नु भयाे ।

 बैठकमा बिशिष्ठ अतिथि नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला सह ईन्चार्ज   चेतनारायण आचार्यले प्रशिक्षण मुलक मन्तब्य राख्दै बैठकले गरेकाे निर्णयहरू अक्षरस पालन गर्न नर्देशन गर्नु भयाे ।बैठकमा लुम्बिनी प्रदेश कमिटी सदस्य पिताम्वर भुसाल ,नगर ईन्चार्ज युबराज श्रेष्ठ ,सह ईन्चार्ज शम्भु पाेख्रेल ,रामबहादुर रायमाझी समेतकाे आतिथ्यता रहेकाेथियाे ।

बैठकमा सन्धिखर्क नगरपालिकाका १२  वाेटै वडा पार्टी कमिटीका अध्यक्षहरूले आ- आफ्नाे सांगठनिक प्रतिवेदन  प्रस्तुत गर्नु भएकाे थियाे ।बैठकमा आसन्न पाैष २३ गते सम्पन्न हुने नेकपा एमालेकाे जिल्ला अधिबेशन काे तयारिकाे बिषयमा थप सल्लाह र कार्यक्रमहरू तय गरिएकाे छ जस्काे लागि यहि पाैष १५ गते सबै वडाका बैठकहरू बस्ने र १७ गते  अधिवेशनका लागि प्रतिनिधि छनाैट कार्य सम्पन्न हुने नगर प्रचार विभाग प्रमुख लक्ष्मण पराजुलीले बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्