एमाले जिल्ला सदस्यमा उमेदवारी दिने युवा नेता आचार्यको घोषणा

| २०७८ पौष २४ गते १३: २२ मा प्रकाशित

अर्घाखाँची। नेकपा एमालेका युवा नेता गोविन्द प्रसाद आचार्यले यही पुष २३ गते हुने आठौं  जिल्ला अधिवेशनमा अर्घाखाँची  जिल्ला सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन । 

राष्ट्रिय  युवा संघको केन्द्रिय सचिवालय सदस्य समेत रहेका एमाले राजनीतिमा सक्रिय आचार्यले शसक्त एमाले बनाउने अभिप्रायको साथ एमालेको जिल्ला सदस्य पदमा उमेदवारी दिने दिएको बताएका छन   । 

आचार्य  अर्घाखाँची आफ्नो गृह जिल्लामै बसेर राजनिति संगै सामाजिक कार्यमा पनि सकृय भुमिका खेलेका छन । उनि एमालेको भातृ संगठन युठ फोर्सको पुर्व  जिल्ला  कावा अध्यक्ष , युवा संघको जिल्ला  उपाध्यक्ष , युवा संघ अध्यक्ष समेत थिए । 

त्याग र निष्ठाका पर्याय रुपमा रहेका   अर्घाखाँचीका युवा नेता आचार्यले  समुदायको हक हितका लागि आफ्नो उर्जावान समय समर्पण गर्दे आएका छन । 

जिल्ला सदस्यमा आकांक्षा राखेका नेता  आचार्यले  आफू सबैको साझा उम्मेदवारको रुपमा अघि बढ्ने दाबी गर्दै भने `जिल्ला र क्षेत्रका अग्रज नेताहरुको सुझाव र मार्गदर्शन अनुसार आफु अगाडि बढ्ने र पार्टीको तल्लो तह देखिकै संरचनामा बलियो बनाउन आफू व्यापक रुपमा लागि पर्ने बताए´ । 

लामो समयदेखि बामपन्थी राजनीतिमा होमिएका आचार्यले  आफ्नो बिगतको योगदान र त्यागलाई पार्टीका प्रतिनिधिहरुले मूल्याङ्कन गर्नेमा आफू विश्वस्त रहेको बताए ।  

यसैबीच नेकपा एमाले अर्घाखाँचीको यही २३ गते हुने अधिवेशनमा पदाधिकारीमा आकांक्षीहरु धेरै भएको र जिल्ला सदस्यहरुमा पनि उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको एमाले अर्घाखाँचीका नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्