सन्धिखर्कको वडा नम्वर ६ र १२ मा मेलमिलाप केन्द्र स्थापना

| २०७८ माघ २ गते १४: १५ मा प्रकाशित

कमला पोख्रेल,सन्धिखर्क। सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६ र ११ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । 

मेलमिलाप केन्द्रको स्थापना गर्दै  नगर उप प्रमुख तथा न्यायिक समितिका संयोजक ठाकुर कुमार विकले  गाउँमा हुने झैझगडा मेलमिलापको माध्यमबाट गाउँमै मिलाउन सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा न्यायिक समितिका सदस्य प्रितम बहादुर थापा,  आशा परियार , अधिकृत छैठौ जीवनारायण आचार्य , पत्रकार माहासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य  लगायतको उपस्थिति रहेको थियोे ।

वडा नम्बर ६ को कार्यक्रममा  वडा अध्यक्ष कृष्णबहादुर अाचार्य, कार्यपालिका सदस्य यमकला थापा,  सदस्य रमेश खड्का , मिना सुनार, स्थानीय समाजसेवी लेषनाथ अर्याल , कृष्णप्रसाद दमासे,  मेलमिलाप कर्ता पदमबहादुर खत्री ,विष्णुप्रसाद न्याैपाने,    शिवा भट्टराई , रिता बिक लगायतको उपस्थिति रहेको थियोे ।
वडा नम्बर १२ को कार्यक्रममा वडा अध्यक्ष नारायण खड्का , कार्यपालिका सदस्य हिमकला टमाटा, सदस्य वावुराम बस्याल , लगायत  स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्