नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक फागुन ५ गते विपी स्मृति भवन सन्धिखर्कमा बस्ने

| २०७८ फागुन ३ गते १८: ०० मा प्रकाशित

कमला घिमिरे। नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको बैठक विभिन्न विषयमा छलफल गर्नका लागी फागुन ५ गते विपी स्मृति भवन सन्धिखर्कमा बस्ने भएको छ ।

बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरू एवं दुवै प्रदेश सभाका सभापति र छ वटै पालिका कार्यसमिति सभापतिहरूलाई उपस्थितिका हुन भनिएको काँग्रेस अर्घाखाँचीका सहसचिव कमल पौडेलले बताए ।

बैठकले नेपाल सरकारले तय गरेको स्थानिय तहको निर्वाचनको सम्बन्धमा विशेष निर्णय गर्न सक्ने अनुमान गरिएको छ । ६ वटै पालीका तथा ६१ वटै वडामा काँग्रेसले वीजयी हासील गर्नका लागी बैठक महत्वपुर्ण बन्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्