सन्धिखर्क ४ मा कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीकाे औषधी वितरण

| २०७८ फागुन २९ गते १३: ४१ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।
२९ फागुन - सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीहरुकाे अाैषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । 
कृषि र पशुपामा व्यवसायीकता साथै स्वराेजगार सृजना गर्न कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीहरुकाे अाैषधी वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयाे । 

कार्यक्रममा कृषकलाई माैषमी तथा बेमौसमी तरकारी लगाउने तरिका तथा पशुपंक्षीहरुलाई खुवाउने औषधीकाे बारेमा सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई तथा प्राविधिकहरू बुद्धि गाैतम र प्रदिप आचार्यले जानकारी गराउनु भएको थियोे । कार्यक्रममा ३० वटा कृषक समुहहरुलाई काक्रा, बाेडी, सिमी, घिराैला लगायतका बीउ वितरण गरिएको छ । साथै नियमित रुपमा वडाबाट नियमित रुपमा पशुपंक्षीका अऔषधी वितरण गरिदै आएकाे छ । 

कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , सदस्यहरु उमानन्द अधिकारी , हुमलाल श्रेष्ठ , शिवमाया अाचार्य, लाेचनादेवी श्रेष्ठ , वडा सचिव संगिता घिमिरे , कृषकको तर्फबाट साबित्रा भट्टराई लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्