नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगर कमिटी अन्तरगत वडा न.१० को बैठक सम्पन्न

| २०७८ फागुन ३० गते २०: ०६ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।
 फाल्गुन ३०- नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) सन्धिखर्क नगर कमिटी अन्तरगत वडा न.१० को बैठक सम्पन्न भएको छ।

माओबादी केन्द्र का केन्द्रिय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार बिकको प्रमुख आतिथ्य मा सम्पन्न बैठक मा प्रदेश कमिटी सदस्य तथा सन्धिखर्क नगरकमिटी का अध्यक्ष राजेन्द्र भुसाल को उपस्थिति रहेको थियोे ।

वडा कमिटी का अध्यक्ष डिल बहादुर राना भाट को अध्यक्षता मा बसेको बैठक मा स्थानीय पार्टी नेता हरु मान बहादुर थापा , मोहन सिंह ठकुरी , बसन्त एसि, बिष्णु श्रेष्ठ ,मधु थापा , लक्ष्मी भुसाल , रिता मरासिनी , बिष्णु खड्का , खडानन्द आचार्य , बाबुराम क्षेत्री , गुणानिधि भट्टराई , पदम नेपाली , हरिलाल पराजुली तथा इन्दिरा हमाल ले आ आफ्नो धारणा राखेका थिए ।बैठक ले आसन्न निर्बाचन को तयारी का लागी विभिन्न महत्त्वपुर्ण निर्णय गरेको बताइएको छ ।बिस्तारित बैठक को संचालन बिनोद थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्