पिताम्बर थापा,सन्धिखर्क।सन्धिखर्क नगरपालिका द्वारा आयोजित तेस्रो वडा स्तरीय मेयर कप भलिवल प्रतियोगिता २०७८ आज देखि शुरु भएको छ।
सन्धिखर्कको टुडी खेलमा आज देखि शुरु भएको प्रतियोगितामा पहिलो दिन ३ टिम मात्र खेलेका छन् जसमा सन्धिखर्क ८ ,सन्धिखर्क ५, सन्धिखर्क १ सन्धिखर्क २ सन्धिखर्क ३ र सन्धिखर्क १० रहेका छन्।
मेयर कप भलिवल प्रतियोगिता २०७८ को पहिलो खेल सन्धिखर्क ८ र ५ बीच भएको थियो जसमा सन्धिखर्क ८ ले विजय हासिल गरेको छ भने सन्धिखर्क १ र २ को खेलमा सन्धिखर्क २ ले जित हाँसिल गरेको छ।
त्यस्तै पहिलो दिनको अन्तिम खेलमा सन्धिखर्क १० ले सन्धिखर्क ३ को भलिवल टिमलाई २४-१८ र २४ - ८ नम्बरको अन्तरले पराजित गरेको छ।
भोलि सेमीफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ। मेयर कप भलिवल प्रतियोगिता २०७८ मा १० टिम सहभागी रहेका छन्।
प्रतिक्रिया दिनुहोस्