अर्घाखाँची बिपदसंग सम्बन्धि कृतिम अभ्यास तथा तालीमको उद्घाटन

| २०७८ चैत २४ गते १४: ३४ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।बिपदसंग सम्बन्धि  कृतिम अभ्यास तथा तालीमको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको सभाहलमा आयोजित अन्तरक्रिया तथा प्रीजनटेशन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे  प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा ,इस्वरी बक्स गुल्मपति सेनानी  आदित्य सिलवाल  शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन, साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल , अनुसन्धान अधिकृत  सरद पार्दे प्रहरी निरीक्षक सुजन बिक्रम शाह, शसस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल जिल्ला स्थित स्थानीय निकायका बिपद ब्याबस्थापन शाखा तथा स्वास्थ शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।
 
यसै बिच दिउँसो ३ बजे सन्धिखर्कको टुडिखेलमा बिपद ब्याबस्थापनमा गरिने राहत  कार्य र उद्वार सम्बन्धि  डेमो पर्दशन गरिने साहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्