अर्घाखाँचीको सन्धिखर्क २ भलायडाँडा मा बस दुर्घटना, २ जना गम्भीर घाइते

| २०७८ चैत २५ गते १४: ४२ मा प्रकाशित

रबि पोख्रेल ,सन्धिखर्क। साना किसान कृषि सहकारी  बाट अध्ययन भ्रमण का लागि पोखरा बाट प्युठान स्वर्गद्वारी हुँदै अर्घाखाँची आउदै गरेको  ग २ ख ६८० नम्बर को बस सन्धिखर्क २ भलायडाँडा मा दुर्घटना भएको छ । 

उक्त बसमा ३० जना जति सवार रहेको जानकारी प्राप्त भएको छ । उक्त बस मा पोखरा ३१ बेगनास ताल  का यात्रु रहेको बुझिएको छ भने कुनै मानबिय क्षति नभएको तर १६ जना सामान्य घाइते  र २ जना गम्भीर घाइते रहेको प्रहरी श्रोत ले जनाएको छ।

बसको ब्रेक एक्कासि फेल हुँदा दुर्घटना भएको चालकको भनाई रहेको छ। 

प्रतिक्रिया दिनुहोस्