अर्घा भगवतीमा भक्तजनहरुको घुइँचो

| २०७८ चैत २७ गते १७: १० मा प्रकाशित

प्रेमनारायाण आचार्य ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका-९ अर्घामा रहेको अर्घा भगवती मन्दिरमा रामनवमीको अवसरमा विहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। बाईसे, चौबिसे राज्यअन्तर्गत पर्ने यस मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि भक्तजनको घुइँचो बढेको मन्दिरका पुजारी धर्म पोख्रेलले बताए।
 
चैते दशैँको महाअष्टमीको अवसरमा गएराति कालरात्री पूजा भएको मन्दिरमा आज मर्यादा पुरुषोत्तम भगवान रामको रथयात्रा निकाल्ने कार्यक्रम रहेको अर्घा भगवती मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले बताए।
 
सन्धिखर्क नगरपालिकाले यहीँ मन्दिरमा एसियाकै ठूलो भगवती देवीको मूर्ति बनाउन थालेको छ। जसका कारण पछिल्लो समय धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि पनि भएको छ।
 
अर्घा भगवती मन्दिरमा दशैँको कोजाग्रत पूर्णिमाको दिन सबैभन्दा ठूलो मेला लाग्ने गर्दछ। 

प्रतिक्रिया दिनुहोस्