सन्धिखर्क १० को वडा अध्यक्षमा माओबादी केन्द्र बाट मोहनसिंह ठकुरी सर्वसमहतमा चयन

| २०७९ बैशाख ३ गते १६: ३१ मा प्रकाशित

अर्घाखाँचीबुलेटिन संवाददाता। नेकपा माओबादी केन्द्र अर्घाखाँचीले सन्धिखर्क १० को वडा अध्यक्ष को उमेदवारको टुंगो लागेको छ। 

बैशाख २ गते धरमपानीमा बसेको माओवादी केन्द्रको बैठकले वडा नम्बर १० को वडा अध्यक्ष उमेदवारको लागि सर्वसमहतमा मोहन सिंह ठकुरीलाई चयन गरेको छ। 

उमेदवार चयन गर्ने माओबादी केन्द्रको बैठकमा सन्धिखर्क १० को वडा अध्यक्षका लागि खडानन्द आचार्य ,डील  बहादुर रानाभाट र मोहन सिंह ठकुरीको नाम सिफारिस गरिएको थियो,तर आचार्य र रानाभाटको छलफल पछि मोहन सिंह ठाकुरीलाई नै वडा अध्यक्षको उमेदवारको लागि सिफारिस गरेपछि ठकुरीलाई सर्वसमहतमा चयन गरिएको हो। २९ जना वडा कमिटि र १०९ जनाको जनभेला बाट उमेदवार चयन गरिएको हो। वडा सदस्यमा हरिलाल पराजुली,तेज बहादुर थापा,इन्दिरा हमाल ठकुरी र दलित महिला तर्फ तारा चौहान नेपालीलाई बैठकले चयन गरेको छ। 

उक्त कार्यक्रममा प्रमुख अथिति युवा नेता राजेन्द्र भुसाल रहेका थिए भने विशिष्ट  अथिति काजिमान रायमाझी ,मोहन सिंह ठकुरी ,तेज बहादुर थापा ,र अथितिमा मान बहादुर थापा ,शान्ता रायमाझी लगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रमको शुभकामना मन्तव्य पदम भुसालको रहेको थियो। कार्यक्रम बिनोद थापाको संचालनमा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्