सन्धिखर्कमा वातावरण ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण तथा प्रदुषण मापन कार्यक्रम सम्पन्न

| २०७९ बैशाख ३ गते १९: ०३ मा प्रकाशित

प्रेमनारायण आचार्य,सन्धिखर्क।  अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा वातावरण ब्यबस्थापन सम्बन्धि अभिमुखीकरण तथा प्रदुषण मापन कार्यक्रम सम्पन्न भएको छ । 

सन्धिखर्क नगरपालिकाको अायाेजना र स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रालि नयाँ बानेश्वरकाे सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले फाेहरमैला ब्यबस्थापन सम्बन्धि कार्य सबैभन्दा चुनाैतीपुर्ण रहेको बताए । उनले विकास निर्माणका काम गर्दा वातावरण प्रदुषण हुने भएकोले सबैलाई रुख बिरुवा राेप्न अाग्रह गरे । 

 सन्धिखर्ककाे वायु प्रदुषणकाे अबस्था केछ भनेर  जाँच गर्न  हाई भाेलुम इयर स्याम्पलर मेसिनबाट  मापन शुरु गरिएको स्टार ट्रेड एण्ड ईन्जिनियरिङ प्रालिका निर्देशक उदय भट्टराईले बताए ।  सस्थाले देशका विभिन्न नगरपालिका र गाउँपालिकामा पाेलिसि निर्माणमा काम गरिरहेको निर्देशक भट्टराईको भनाइ छ । 
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल,  बाताबरणविद डा. बिकास अधिकारि, प्राध्यापक प्रवेश तिवारी , नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशाेक खनाल , प्रदेश  सदस्य  प्रेमनारायण अाचार्य,  सस्थाका तालिम  संयोजक मिना बस्याल लगायतले मन्तब्य राखेका थिए । 

कार्यक्रम नगरपालिकाको वातावरण समितिका अध्यक्ष प्रितम थापाको अध्यक्षता र नारायण पाेख्रेलकाे सञ्चालन र सस्थाका तालिम  संयोजक मिना बस्यालकाे स्वागत मन्तब्यमा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस्