सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारमा श्रीधर खनाल सिफारिस

| २०७९ बैशाख ६ गते १७: ३६ मा प्रकाशित

अर्घाखाँची। सन्धिखर्क नगरपालिकाको मेयर पदको उम्मेदवारमा उद्यमी श्रीधर खनाल सिफारिस भएका छन् ।

खनाललाई नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सम्पर्क समन्वय समिति, काठमाडौँ र सम्पर्क समन्वय विशेष प्रदेश समितिले मेयर पदको उम्मेदवारका लागि पार्टी केन्द्रीय कार्यालय समक्ष सिफारिस गरेको हो ।

विशेष प्रदेश समितिले खनाललाई उम्मेदवार बनाउन पहल गर्नका लागि माओवादी केन्द्र, अर्घाखाँची जिल्ला समन्वय समिति समक्ष पनि अनुरोध गरेको छ ।

२०५६ सालदेखि माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी) मा आबद्ध भई विभिन्न समितिमा रहेर काम गर्दै आएका खनालले पछिल्लो समय पार्टीको लुम्बिनी काठमाडौँ प्रदेश सम्पर्क समन्वय समितिमा आबद्ध छन् ।

समन्वय समितिमा रहेका व्यक्तिहरू उम्मेदवार बन्ने इच्छा रहेमा आफू कार्यरत कमिटीबाट सिफारिस गराई सम्पर्क समन्वय विशेष प्रदेश समितिले पार्टी केन्द्रीय कमिटीमा सिफारिस गरी पठाउनुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार खनालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्