नेपाल खेलकुद महासंघ अर्घाखाँची द्वारा नयाँ बर्षको क्यालेन्डर विमोचन

| २०७९ बैशाख ९ गते १७: ४१ मा प्रकाशित

हरि कुँवर,अर्घाखाँची ।नेपाल खेलकुद महासंघ अर्घाखाँचीले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा क्यालेण्डर विमोचन गरेको हो । क्यालेण्डरमा नेपाल खेलकुद महासंघ अर्घाखाँचीका एतिहासिक महत्वका दृश्य तथा विज्ञापन समावेश गरिएको थियो ।

क्यालेण्डर विमोचन

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल)काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य बोम ब. बिक , केन्द्रीय सदस्य चेतनारायण अचार्य, पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल, उपाध्यक्ष ईश्वरा पोखरेल,जिल्ला सचीव बिधान रायमाझी , उपसचिवमा शम्भुप्रसाद पोखरेल, कार्यलय इन्चार्ज लिल ब. बिक सन्धिखर्क कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल , खेलकुद महासंघका ईन्चार्ज विष्णु परियार, नेपाल खेलकुद महासंघ राष्ट्रिय क्रिकेट संघ केन्द्रीय कमिटीका उपसचिव ऋषिकेश भट्टराई , लन्का यातायात प्रालिका अध्यक्ष कृष्ण भुसाल लगाएको आतिथ्यता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा अतिथिहरुले कार्यक्रममा नयाँ वर्ष २०७९ सालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान गरेका थिए । खेलकुद महासंघका जिल्ला उपाध्यक्षमा लालबहादुर घ.म., शकुन्तला अधिकारी ,अमृत थापा र कोषाध्यक्षमा सुन्दरा न्यौपाने लगाएतको उपस्थिति खेलकुद महासंघ अर्घाखाँचीका जिल्ला अध्यक्ष हेनरी बस्नेत काे अध्यक्षता सहसचिव प्रकाश महत स्वागत मनत्वयसचिव सागर मरासिनी संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्